दफा
खानेपानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापार


(१) ऐनको दफा २३ बमोजिम अनुमति प्राप्त संस्थाले: पानीको थोकरुपमा खरिद बिक्री गरेमा वा ऐनको दफा ५० बमोजिम बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा ब्यापार गरेमा सोको जानकारी मन्त्रालयले तोकेको अधिकारीलाई दिनु पर्नेछ।

(२) अनुमतिपत्र प्राप्त संस्थाले, पानीको थोकरुपमा खरिद बिक्री गर्दा वा बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्दा अनुसूची-७ बमोजिमको कार्यसम्पादन सूचकको पालना गर्नु पर्नेछ।

(३) अनुमतिपत्र प्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्नुअघि प्रचलित कानून बमोजिम कुनै निकायको अनुमति. लिनु पर्ने रहेछ भने त्यस्तो निकायबाट अनुमतिपत्र/लिएर मात्र निर्यात तथा व्यापार गर्नु पर्नेछ।

(४) अनुमतिपत्र -प्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्दा खानेपानीको गुणस्तर, प्रशोधन विधि/र प्रयोजन स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “पानीको थोकरुपमा खरिद बिक्री” भन्नाले नेपाल सरकार वा अनुमतिपत्र प्राप्त संस्थाले घरेलु, सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औच्चोगिक प्रयोजनको लागि एउटै खानेपानी प्रणालीबाट कम्तीमा पचास लाख लिटर प्रतिदिन उपलब्ध हुने गरी प्रशोधित, अर्धप्रशोधित वा अप्रशोधित पानीको खरिद वा बिक्री गर्ने कार्य सम्झनु पर्छ।